१३ चैत्र २०८०, मंगलबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनकुटा नगरपालिकामा कांग्रेस र एमालेद्वारा उम्मेदवारकाे घोषणा



धनकुटा, खुलासभाको आयोजना गरेर धनकुटा नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेले स्थानीय तह निर्वाचनमा उम्मेदवार घोषणा गरेका छन् ।

नेपाली कांग्रेसले प्रमुखमा दिनेश राई (आठपहरिया) र उपप्रमुखमा रेनु श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी नेकपा एमालेले नगरको प्रमुख पदमा चिन्तन तामाङ र उपप्रमुखमा सकुन्तला बस्नेतलाई उम्मेदवार बनाएको छ ।

कुल १८ हजार १२९ मतदाता भएको नगरपालिका २०३५ सालमा घोषणा गरिएको हो ।

अन्य गाउँपालिका र नगरपालिकामा उम्मेदवार घोषणा नगरेका दलहरुले धनकुटा नगरमा घोषणा सभा गर्दै उम्मेदवार घोषणा गरेका हुन् । रासस

प्रकाशित मिति : १७ जेष्ठ २०७४, बुधबार ००:००