१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचनको मिति पुनः सारे पछि निर्वाचन हुने, नहुनेमा शङ्का उपशङ्का



कैलाली, दोस्रोचरणको स्थानीय तह निर्वाचनको मिति पुनः सार्न सक्ने हल्लाले कैलालीका कतिपय ठाउँका स्थानीयमा चुनाव नै नहुने हो की भनेर शङ्का गर्न थालेका छन् ।

सरकारले दोस्रोचरणअन्तर्गत स्थानीय तहको निर्वाचन जेठ ३१ गतेका लागि तोकिएको थियो । त्यसपछि गत सोमबार मात्रै सरकारले सो निर्वाचन असार ९ गते हुने मिति तोक्यो । अहिले आएर पुनः असार १४ गतेका लागि निर्वाचनको मिति सारिए पछि निर्वाचन नै नहुने हो की भनेर स्थानीयमा अन्यौलता छाएको हो ।

धनगढी उपमहानगरपालिका– २ का ७१ वर्षीय दलबहादुर साउदले पटक पटक स्थानीय तह निर्वाचनको मिति सार्ने कार्यले निर्वाचन हुने कि नुहनेमा स्थानीयमा अन्यौलता छाएको बताए ।

चुनाव प्रचारप्रसारका लागि जुटेका विभिन्न दलका नेता तथा कार्यकर्तामासमेत चुनाव कहिले हुने हो भनेर अन्यौलतामा देखिएका छन् । रासस

प्रकाशित मिति : १७ जेष्ठ २०७४, बुधबार ००:००