२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुल्मीमा कांग्रेसले उम्मेदवारको नाम टुङ्गो लगायो



तम्घास (गुल्मी), दोस्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनको लागि गुल्मीमा नेपाली कांग्रेसले नगरपालिका र गाउँपालिका प्रमुख तथा उपप्रमुखका लागि उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।

नेपाली कांगेस बिपी स्मृति भवन, तम्घासमा बसेको पटकपटकको बैठक र छलफलबाट उक्त उम्मेदवारहरुको नाम टुङ्गो लगाएको पार्टी सचिव खिलध्वज पन्थीले बताएका छन् ।

पार्टीबाट टुङ्गो लगाइएका उम्मेदवारहरुमा रेसुङ्गा नगरपालिकाको प्रमुखमा भुवनप्रसाद श्रेष्ठ, उपप्रमुखमा अमृता कुँवर, मुसिकोट नगरपालिका प्रमुखमा कृष्णहरि सापकोटा र उपप्रमुखमा विष्णुकुमारी सापकोटा रहेका छन् ।

गाउँपालिकाहरुमा कालीगण्डकी गाउँपालिका प्रमुखमा बेद मगर र उपप्रमुखमा कमला पाण्डे, सत्यवती गाउँपालिका प्रमुखमा पारिश्वर ढकाल, चन्द्रकोट गाउँपालिका प्रमुखमा दोर्णबहादुर खत्री र उपप्रमुखमा भगवती अर्याल, रुरु गाउँपालिका उपप्रमुखमा देवेन्द्र मल्ल, छत्रकोट गाउँपालिका प्रमुखमा अनन्तराम पौडेल, गुल्मी दरबार गाउँपालिका प्रमुखमा अशोककुमार थापा र उपप्रमुखमा मीना भण्डारी, ईश्मा गाउँपालिका प्रमुखमा चन्द्रबहादुर महत, मदाने गाउँपालिका प्रमुखमा महेन्द्र कुँवर र उपप्रमुखमा सुशीला भुसाल, मालिका गाउँपालिका प्रमुखमा ज्ञानबहादुर कार्की र उपप्रमुखमा सीता अर्याल र धुर्कोट गाउँपालिका प्रमुखमा महेन्द्रप्रसाद भण्डारी रहेका छन् ।

कांग्रेसले स्थानीय स्तरमा एमालेबाहेकका अन्य दलसँग तालमेलका लागि छलफल सुरु गरेका कारण रुरु गाउँपालिकामा गाउँपालिका प्रमुख, सत्यवतीमा उपप्रमुख, छत्रकोटमा उपप्रमुख, इस्मामा उपप्रमुख र धुर्कोटमा उपप्रमुख गरी एक प्रमुखसहित चार उपप्रमुखका लागि नाम सार्वजनिक गरेको छैन । वडाहरुमा भने आज बेलुकीसम्म सबै उम्मेदवारको नाम टुङ्गाइसक्ने पार्टी सचिव पन्थीले बताएका छन् ।

स्थानीयस्तरमा माओवादीसँग केही गाउँपालिकामा तालमेलका लागि छलफल जारी रहेका कारण एक दुई स्थानमा प्रमुख तथा उपप्रमुखको नामावली फेरबदल हुनसक्ने बताइएको छ । कांग्रेस बाहेकका अन्य दलले यसअघि नै नगरपालिका र गाउँपालिकामा उम्मेदवारको नाम टुङ्गो लगाइसकेका छन् । रासस

प्रकाशित मिति : १५ जेष्ठ २०७४, सोमबार ००:००