७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चाँगुनारायण ७ मा कांग्रेसका केसी विजयी, प्रमुखमा एमाले अगाडि



भक्तपुर, चाँगुनारायण नगरपालिका– ७ मा नेपाली कांग्रेसका ज्ञानबहादुर केसी वडा अध्यक्षमा विजयी भएका छन् । उनले एक हजार ७१ मत प्राप्त गरेका छन् भने उनका निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका राधाकृष्ण लामिछानेले ६९८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी दलित महिला सदस्यमा कांग्रेसकै मनिता नेपाली ९८९, खुल्ला सदस्यतर्फ सहबुद्ध श्रेष्ठ ८९० र रमेश लामा ८८० मत ल्याएर विजयी भएका छन् । महिला सदस्यमा भने एमालेकी दुर्गा लामिछाने थापाले कांग्रेसकी रामलक्ष्मी लामिछानेलाई चार मतले पराजित गरिन् । दुर्गाले ८९० मत प्राप्त गरिन् भने रामलक्ष्मीले ८८४ मत प्राप्त गरिन् ।

यसैबीच चाँगुनारायणमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । चाँगुनारायणको वडा नं ७ सम्मको मतगणना सकिँदा प्रमुखमा एमालेका सोम मिश्रले २३३ मतले अग्रता लिएका छन् । मिश्रले छ हजार ७२ मत प्राप्त गरेका छन् भने कांग्रेसका राजाराम खड्काले पाँच हजार ८३९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी राप्रपाका रवीन्द्र प्रताप शाहले तीन हजार ५९० र नेमकिपाका न्हुछेभक्त फोजू ले तीन हजार २१४ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा एमालेकी विना बास्तोलाले छ हजार ४५३ मतका साथ अग्रता लिइरहेकी छन् भने कांग्रेसकी राधा (सरु) बाँनियाले छ हजार ३०२ मतका साथ पछ्याइरहेकी छन् ।

त्यस्तै राप्रपाकी युवती कार्कीले तीन हजार ८२३ र नेपकिपाकी गीता काफ्लेले दुई हजार ६९५ मत प्राप्त गरेका छन् । रासस

प्रकाशित मिति : १५ जेष्ठ २०७४, सोमबार ००:००