६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोकिएको मतगणना तीन घन्टापछि सुरु



चितवन, अर्धकट्टीसहितको मतपत्र भेटिएपछि शनीबार बिहान ६ः३० बजेदेखि रोकिएको मतगणना तीन घन्टापछि पुनः सुरु भएको छ ।

भरतपुर महानगरपालिका– १७ को मतगणनाका क्रममा एक सय २४ मतपत्र अर्धकट्टीसहित भेटिएको थियो । फर्जी मतपत्र भएको हुन सक्ने जनाउँदै दलहरुले विरोध गरेपछि मतगणना रोकिएको थियो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानका दिन अर्धकट्टीसहित मतदान भएको जनाउँदै निर्वाचनस्थलबाट मुचुल्कासमेत गरिएको थाहा भएपछि पुनः रुजु गरेर मतगणना सुरु गरिएको हो ।

पछिल्लो मतगणनामा नेकपा एमालेका देवीप्रसाद ज्ञवाली अगाडि छन् । उनले ३७ हजार एक सय १८ र माओवादी केन्द्रकी रेणु दाहालले ३५ हजार पाँच सय १८ मत प्राप्त गरेकी छन् । महानगरका पाँच वटा वडा मतगणना गर्न बाँकी छ । हालसम्म १३ वटा वडामा एमाले, सात वटा वडामा नेपाली कांग्रेस र तीन वटा वडामा माओवादी केन्द्रले जित हासिल गरेको छ । रासस

प्रकाशित मिति : १३ जेष्ठ २०७४, शनिबार ००:००