१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापाका नगरपालिका र गाउँपालिकामा उम्मेदवार चयन



काँकडभिट्टा, नेकपा एमालेले झापाका अधिकांश नगरपालिका तथा गाउँपालिकाको प्रमुख तथा उपप्रमुख पदका उम्मेदवार चयन गरिसकेको छ ।

सुनसरीको इटहरीमा बसेको एमालेको प्रदेश कमिटीको बैठकले १० वटा नगरपालिका र पाँच वटा गाउँपालिका रहेको झापाको दमक नगरपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, बुद्धशान्ति नगरपालिका, कमल नगरपालिका, केचनाकवल गाउँपालिका र झापा गाउँपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवार चयन गरेको हो ।

दमक नगरपालिकाको प्रमुखमा रोमनाथ ओली र उपप्रमुखमा विष्णु बराल, भद्रपुर नगरपालिकाको प्रमुखमा जीवन श्रेष्ठ र उपप्रमुखमा चन्द्रा श्रेष्ठ, बुद्धशान्ति नगरपालिकाको प्रमुखमा चिन्तन पाठक र उपप्रमुखमा मिरा भुर्तेल, अर्जुनधारा नगरपालिकाको प्रमुखमा हरि राना, उपप्रमुखमा कमला आचार्य, कमल नगरपालिकाको प्रमुखमा मेनुका काफ्ले चयन भएका छन् ।

त्यसैगरी, केचनाकवल गाउँपालिकाको अध्यक्षमा शेरबहादुर खत्री र उपाध्यक्षमा धनमाया दाहाललाई चयन गरिएको छ भने झापा गाउँपालिकाको अध्यक्षमा गजेन्द्र ताम्ली (लिम्बू) र उपाध्यक्षमा कुन्तीदेवी बुढाथोकीलाई चयन गरिएको छ ।

बाँकी रहेका नगरपालिका र गाउँपालिकाका प्रमुख उपप्रमुखको टुङ्गो लगाउनका लागि नेकपा एमालेको सचिवालयको बैठक इटहरीमा जारी छ । बुधबार नै बेलुकासम्म प्रदेश नम्बर १ का उम्मेदवारको नाम सार्वजनिक गरिने नेकपा एमालेको उच्च स्रोतले जनाएको छ । रासस

प्रकाशित मिति : १० जेष्ठ २०७४, बुधबार ००:००