७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुर महानगरमा कांग्रेसका महर्जन विजयी



ललितपुर, ललितपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेसका उम्मेदबारले विजय हासिल गरेका छन् ।

नेपाली कांग्रेसका नगरप्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जन २४ हजार ६४२ मतका साथ प्रमुख पदमा विजयी भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण दवाडीले जानकारी दिए ।

महर्जनले उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारलाई ३२६ मत अन्तरले पछाडि पारेका छन् । प्रमुख पदका उम्मेदवार एमालेका ब्यञ्जनकारले २४ हजार ३१६ मत प्राप्त गरेका थिए ।

त्यसैगरी, उपप्रमुख पदमा नेपाली कांग्रेसकी गीता सत्यालले १९ हजार ८१९ मत प्राप्त गरी विजयी भएकी छन् भने उनको निकटतम प्रतिद्वन्द्वी साझा पार्टीकी शोभा शाक्यलाई पाँच हजार ५७९ मतले पछाडि पारिन् । शाक्यले १४ हजार २४० मत प्राप्त गरेका छन् । महानगरको निर्वाचनमा एमाले र राप्रपाबीच गठबन्धन रहेको थियो । रासस

प्रकाशित मिति : १० जेष्ठ २०७४, बुधबार ००:००