६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरा–लेखनाथ महानगरकाे– १७ र १९ मा एमाले विजयी



पोखरा, पोखरा–लेखनाथ महानगरपालिका–१७ र १९ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।

वडा नं १७ को वडाध्यक्षमा एमालेका तीर्थ अधिकारीले तीन हजार ४६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पुण्डरी बरालले एक हजार ७८३ मत प्राप्त गरेका हुन् ।

त्यस्तै एमालेबाटै महिला सदस्यमा शान्तादेवी गुरुङ, दलित महिला सदस्यमा तारा परियार र खुल्ला सदस्यमा राधिकाकुमारी शाही र वैकुण्ठ भण्डारी निर्वाचित भएका छन् ।

यसैगरी वडा नं १९ को वडाध्यक्षमा एमालेकै शोभामोहन पौडेलले दुई हजार ४८३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पुष्पेन्द्र पाण्डेले एक हजार ९६० मत प्राप्त गरेका छन् ।

सो वडाको महिला सदस्यमा एमालेकै कोपिला केसी, दलित महिला सदस्यमा तारा परियार, खुल्ला सदस्यमा कोमलप्रसाद शर्मा र कृष्णप्रसाद गौतम निर्वाचित भएको छ ।

महानगरको २० वटा वडाको मतगणना सकिँदासम्म महानगरप्रमुखमा एमालेका मानबहादुर जिसीले ३४ हजार १२७, कांग्रेसका रामजी कुँवरले २७ हजार ८३२, उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले ३२ हजार २३५ र कांग्रेसकी सरस्वती गुरुङले २६ हजार २५९ मत प्राप्त गरेका छन् । अहिले २१, २२, २३ र २४ वडाको मतगणना भइरहेको छ । महानगरमा ३३ वडा छन् । रासस

प्रकाशित मिति : ९ जेष्ठ २०७४, मंगलबार ००:००