३० फाल्गुन २०८०, बुधबार | Wed Mar 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘बृहद सार्वजनिक सुनुवाई आयोजना गर्छु’



तेमाल गाउँपालिका ६ नं. वडाका वडाध्यक्ष बिकु मोक्तानले आफ्नो वडामा सञ्चालन भएका योजनाहरू बारे बृहद सार्वजनिक सुनुवाई गर्ने बताएका छन् ।

स्थानीय खबरले तेमाल गाउँपालिका लगायत अरू स्थानीय तहमा उपभोक्ता समितिहरूले गरेका अनियमितताको समाचार प्रकाशित गरे पछि प्रतिक्रिया दिँदै मोक्तानले आर्थिक बर्ष ०७४/७५ देखि यताको विकास निर्माणमा बृहद सार्वजनिक सुनुवाई गर्ने बताए ।

वडाध्यक्ष मोक्तानको भनाईः हाम्रो वडामा असुलउपर गर्नुपर्ने बेरुजुहरू छन् । यसबारे बृहद सार्वजनिक सुनुवाई गर्दैछौँ । योजनामा प्राविधिकले दररेट निर्धारण गर्छन् । दररेट तोक्ने प्राविधिक कामबारे हामी जनप्रतिनिधी र उपभोक्ता समितिका पदाधिकारीहरूलाई थाह हुँदैन । प्राविधिक काममा चासो दिएर पनि सम्भव छैन । प्राविधिकले तोक्ने दररेटलाई आधार मानेर हामीले योजना सञ्चालन गर्छौं । तर जनप्रतिनिधीको हैसियतले यसको जिम्मा हामीले लिन्छौँ । बेरुजु फर्छ्याेट गर्ने जिम्मा हाम्रो हो । हाम्रो वडामा केही पुराना योजनाको पनि बेरुजु छ । केही प्रक्रिया नमिलेका बेरुजु पनि छन् । त्यसैले हामी निर्वाचित भएदेखि यताको योजनाहरू माथी बृहद सार्वजनिक सुनुवाई आयोजना गर्दैछौँ । कोभिड १९ को महामारीले केही ढीला भएको छ । अब छिट्टै सार्वजनिक सुनुवाई गरेर बेरुजु फर्छ्याेट र बाँकी हिसाब फरफारक गर्ने काम गर्छौं । काम गर्दा गल्ति हुनु स्वभाविक हो । गल्तिलाई नसच्याउनु चाँही अस्वभाविक हो । त्यसैले गल्ति सच्याउन हामी सँधै तत्पर छौँ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार ००:००