४ चैत्र २०८०, आइतबार | Sun Mar 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँ पर्यटन ऐनप्रति सरोकारवालाहरूको असन्तुष्टी



नयाँ बन्न लागेको पर्यटन ऐनप्रति सरोकारवालाहरूले असन्तुष्टी जनाएका छन् । खासगरि पर्वतीय पर्यटनको क्षेत्रका साना व्यवसायी, माउन्टेन, टूर तथा ट्रेकिङ गाईड, सहयोगी मजदूर, सम्बन्धित पर्यटकीय क्षेत्रका स्थानीयबासी लगायतका सरोकारवालाहरूले असन्तुष्टी जनाएका छन् ।

पछिल्लो समय सरोकारवालाहरूले स्वतःस्फूर्त रुपमा असन्तुष्टी जनाउँदै छलफल गरिरहेको सस्टेनएबल माउन्टेन टुरिजम नेटवर्कको संयोजन टोलीका सदस्य तथा ट्रेक÷टूर गाईड नरध्वज तामाङ ‘क्षितिज’ले बताए ।

“अहिलेसम्म पर्यटकले चाहेमा प्रतिवन्धित क्षेत्रबाहेक अन्य क्षेत्रमा कम्पनी, गाईड वा .सहयोगीविना नै यात्रा गर्न पाउँछन्,” तामाङले भने, “यसले पर्यटन क्षेत्रको रोजगारी सृजनामा गम्भीर असर पारेको छ । त्यसैले अनिवार्य रुपमा ट्रेकिङ कम्पनीबाट मात्रै यात्रा गर्न पाउने प्रावधान नयाँ बन्ने ऐनमा हुनुपर्छ ।”

गाईड तथा नेपाली सहयोगी सँगै लैजाँदा दुर्घटना हुने, बिरामी हुने, हराउनेजस्ता गम्भीर समस्या कम हुने तामाङको दाबी छ । यदी यो व्यवस्था लागू गर्न नसकिए कम्तिमा २ हजार ५ सय मीटरभन्दा माथि यात्रा गर्दा अनिर्वाय रुपमा ट्रेकिङ कम्पनीबाट मात्रै पर्मिट जारी गर्नुपर्ने व्यवस्था ऐनमा समेटिनु पर्ने नेटवर्कको माग भएको तामाङले जनकारी दिए ।

“हामीले पर्यटन क्षेत्रमा कार्यरत करिब ५ सय व्यक्तिहरूसँग छलफल गरेर अहिलेसम्म ३९ सुत्रीय मागपत्र तयार पारेका छौं । छलफल गर्ने र सुझाव लिनेक्रम अझै जारी छ,” तामाङले भने, “केही दिनभित्र मागपत्रलाई पर्यटन मन्त्रालय, विभाग, संसदीय समितिलगायत सरोकारवाला निकायहरूमा बुझाउने छौं ।”

मुख्य मागहरूमा मजदूर विमा, साना व्यवसायीको संरक्षण, प्रतिबन्धित क्षेत्रको शुल्कबारे पुर्नविचार, पथ प्रदर्शकको तालिम समायानुकुल बनाउनु पर्ने लगायतका छन् ।

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार ००:००