१३ चैत्र २०८०, मंगलबार | Wed Mar 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगरप्रमुखको प्राथमिकताः सामाजिक सुरक्षा भत्ता हातहातमा, टोलटोलमा धारा



मलेखु (धादिङ), धुनीबेँसी नगरपालिकाका नवनिर्वाचित प्रमुख बालकृष्ण आचार्यले शपथ ग्रहणपछि कामको प्राथमिता निर्धारण गरेका छन् ।

निर्वाचित भएपछि जनताको काम गर्ने कामदारका रुपमा आफू रहेकाले वृद्धभत्तालगायतका सामाजिक सुरक्षाभत्ता व्यक्तिका हातहातमा पुर्याउने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

सामाजिक सुरक्षाभत्ता नपाएको जनगुनासो अन्त्य गरिने बताउँदै नगरप्रमुख आचार्यले धुनीबेँसी नगरपालिका क्षेत्रमा पानीको चरम अभाव रहेको र भूकम्पपछि पानीका मुहान सुकेर समस्या परेकाले पहिलो चरणमा खानेपानीको व्यवस्थापनका लागि टोल टोलमा धारा राखिने उल्लेख गरे ।

शपथ ग्रहणपछि मंगलबार नै प्रमुख आचार्य र उपप्रमुख निरु खरेल सहितका पदाधिकारीले अब वृद्धबृद्धाको हातहातमा स्वयं निर्वाचित जनप्रतिनिधिमार्फत वृद्धभत्ता पुर्याउने, व्यक्तिगत घटना दर्तालाई सहज बनाउन जन्म, मृत्यु, बसाइँ सराइ र विवाह दर्ताजस्ता पञ्जीकरणका कामलाई व्यवस्थित पार्ने र सामाजिक न्याय तथा नागरिकको अधिकार स्थापित गर्न नगरवासीको सुझावकै आधारमा कार्य गर्ने निर्णय भएको छ ।

छत्रेदेउराली, जीवनपुर र नौबिसे गाविस मिलाएर धुनीबेँसी नगरपालिका निर्माणपछि उत्साह छाएको यो क्षेत्रमा व्यावसायिक तरकारी पकेट क्षेत्रका रुपमा विकास भइरहेको छ भने उद्योग र कलकारखानासमेत सञ्चालन भइरहेका छन् । इँटा उद्योग व्यवस्थापन तथा अन्य उद्योगको नियमनसमेत यो क्षेत्रको चुनौतीका रुपमा रहेको छ । रासस

प्रकाशित मिति : ९ जेष्ठ २०७४, मंगलबार ००:००