१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मध्यपुरमा प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस



भक्तपुर, मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा नेकपा एमालेका मदनसुन्दर श्रेष्ठ र उपप्रमुखमा नेपाली कांग्रेसका अञ्जना मधिकर्मी विजय भएका छन् ।

भर्खरै सार्वजनिक भएको मतपरिणामअनुसार श्रेष्ठले १३ हजार ९६० मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अष्ट कवेले १० हजार ८४६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपप्रमुखमा मधिकर्मीले १० हजार ६७८ मत प्राप्त गरी विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेमकिपाका केदार खड्काले सात हजार ७६२ मत प्राप्त गरेका छन् ।

यसैगरी मध्यपुरथिमि नगरपालिका वडा नं ९ को वडाध्यक्षमा कांग्रेसका रामकाजी चक्रधरले ६५० मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेमकिपाका राजु कैतीले ५९४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी महिला सदस्यमा कांग्रेसकी मीरा खड्काले ६९२, दलित महिला सदस्य एमालेकी सुन्तली विश्वकर्माले ६९५, सदस्यहरु कांग्रेसका गोकुल खड्का ७२७ मत र कांग्रेसकै चन्द्रप्रसाद धौवञ्जारले ८२७ मत प्राप्त गरी विजयी भएका छन् । रासस

प्रकाशित मिति : ८ जेष्ठ २०७४, सोमबार ००:००