१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतदाता शिक्षा कार्यक्रम सुरु



विराटनगर, मोरङमा मतदाता शिक्षा कार्यक्रम पुनः सुचारु भएको छ ।

दोस्रो चरणको निर्वाचनअन्तर्गत जेठ ३१ गतेदेखि हुने स्थानीय तहको निर्वाचनका लागि मोरङमा ६४० मतदाता शिक्षा कार्यक्रमका लागि स्वयंसेविका जेठ ५ गतेदेखि नै खटिसकेको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरले जनाएको छ ।

मतदातालाई मतदान गर्ने प्रक्रियाका साथै मतपत्र पट्याउने विधि सिकाउनका लागि घरदैलोमा खटिएका हुन् । यस कार्यक्रममा खटिएका स्वयम्सेविकालाई प्रत्येक वडाका वडासचिवले सुपरिवेक्षण गर्नेछन् र यसका साथै विभिन्न राजनीतिक दलका कार्यकर्ता सो टोलीका साथ मतदाताको घरदैलोमा पुग्ने कार्यक्रम रहेको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी गराए ।

मतदाता कार्यक्रममा नखटिने कार्यकर्तालाई अविलम्ब हटाइने र काम गरेको भत्तासमेत रोक्का गरिने छन् । ती कार्यकर्तामाथि अनुगमन गर्नका लागि सुपरिवेक्षकको रुपमा रहेको वडा सचिवलाई समेत निर्देशन दिइसकिएको कार्यालय प्रमुख सञ्जेलले जानकारी गराए ।

प्रथम चरणको मतदानमा मतपत्र बदरको सङ्ख्या अत्यधिक देखिएकाले सो टोलीमा बढी सजग गराउनुका साथै मतदाता शिक्षा कार्यक्रमलाई सफल बनाउनका लागि राजनीतिक दललाई समेत अपिल गरिएको छ ।

मोरङमा एक उपमहानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका गरी १७ वटा स्थानीय तह रहेका छन् । रासस

प्रकाशित मिति : ८ जेष्ठ २०७४, सोमबार ००:००