११ चैत्र २०८०, आइतबार | Sun Mar 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रत्ननगरमा एमाले विजयी



रत्ननगर (चितवन), रत्ननगर नगरपालिका प्रमुखमा नेकपा एमालेका नारायण वन विजयी भएका छन् । उनले १४ हजार ६७७ र निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रुपनराज घिमिरेले १३ हजार २२७ मत ल्याएका छन् ।

उपप्रमुखमा एमालेकी विमला दुवाडी १४ हजार ४८१ मतका साथ विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी नीता ढकालको १२ हजार ७०३ मत आएको निर्वाचन अधिकृत गीता गुरुङले जानकारी दिए ।

रत्ननगरका वडाध्यक्षमा एमालेका तर्फबाट १० र कांग्रेसका तर्फबाट ६ जना निर्वाचित भएका छन् । कांग्रेसबाट विजयी हुनेमा वडा नं १ मा शङ्कर लामा, २ मा तिलकराज पौडेल, ६ मा बलराम दहाल, ७ मा राजन भट्ट, ११ मा शशीभक्त न्यौपाने र १२ मा वीरबहादुर पाख्रिन छन् ।

एमालेतर्फ वडा नं ३ मा गोविन्द भट्टराई, ४ मा रवीन्द्र चौधरी, ५ मा कृष्ण महतो, ८ मा विनोद बस्नेत र ९ मा रोजन आचार्य विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एमालेबाट अन्य विजयी हुनेमा वडा नं १० मा केशव आचार्य, १३ मा चित्रबहादुर भण्डारी, १४ मा हरिकुमार श्रेष्ठ, १५ मा होमनाथ लामिछाने र १६ मा हेमराज थापा छन् ।

यसअघि चितवनका राप्ती र कालिका नगरपालिका प्रमुख र उपप्रमुख दुवैमा एमालेले जितेको छ भने माडीका प्रमुखमा नेकपा माओवादी केन्द्र र उपप्रमुखमा एमाले तथा इच्छाकामना गाउँपालिका अध्यक्ष–उपाध्यक्षमा कांग्रेस विजयी भइसकेका छन् । अहिले भरतपुर महानगरपालिका र खैरहनी नगरपालिका मतगणना भइरहेको छ । रासस

प्रकाशित मिति : ७ जेष्ठ २०७४, आइतबार ००:००