१० असार २०८१, आइतबार | Mon Jun 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महानगर वडा नं. २९ र ३० को मतपरिणाम सार्वजनिक



काठमाडौँ, काठमाडौँ महानगरपालिकाको– २९ र ३० वडामा नेपाली कांग्रेसको समूहले नै विजय हात पारेको छ ।

वडा नं। २९ को वडाअध्यक्षमा कुश ढकाल एक हजार ५४५ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका शिवराज राजबंशीले एक हजार ४९१ मत ल्याएका छन् । सो वडाको खुला सदस्यमा अर्जुनबहादुर श्रेष्ठ, इन्द्र कर्मचार्य, महिला सदस्यमा सुशीला ढकाल र दलित महिला सदस्यमा सङ्गीता पूजारी निर्वाचित भएका छन् ।

यसैगरी वडा नं– ३० को वडाअध्यक्षमा काङ्ग्रेसकै दलबहादुर कार्कीले २ हजार ३३१ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुरेन्द्र श्रेष्ठले १ हजार ३५७ मत ल्याएका छन् । सो वडाका सदस्यमा नीरज सत्याल, मनोज डङ्गोल, महिला सदस्यमा सीता तिवारी र दलित महिला सदस्यमा शर्मिला श्रेष्ठ महतो निर्वाचित भएका छन् ।

यस्तै महानगरको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्यले २४ हजार ५३ मत ल्याई अग्रता कायम राखेका छन् ।

नेपाली कांग्रेसका राजुराज जोशीले १७ हजार ७७, विवेकशील नेपाली दलकी रन्जु दर्शनाले नौ हजार ६९९, साझा पार्टीका किशोर थापाले सात हजार ३२८, नेकपा माओवादी केन्द्रका सर्वोत्तम डङ्गोलले दुई हजार ७८० मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका हरिप्रभा खड्गीले २२ हजार १९८, राप्रपाका राजाराम श्रेष्ठले १३ हजार ७८१ र साझा पार्टीकी निरुपमा यादवले चार हजार ६७३ मत, माओवादी केन्द्रकी सुशीला पौडेलले तीन हजार ७८६ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म ७४ हजार २९१ मतगणना भइसकेको छ । यसअधि वडा नं– १,२, २५, २७ र २८ वडाको मत परिणाम सार्वजनिक भइसकेको छ । रासस

प्रकाशित मिति : ७ जेष्ठ २०७४, आइतबार ००:००