१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धुलिखेल नगर प्रमुखमा एमाले विजयी



काभ्रे, काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिकाको नगर प्रमुखमा नेकपा एमाले का अशोक ब्याञ्जु ९श्रेष्ठ० सात हजार ९८१ मत ल्याई विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेशप्रसाद हुमागाईंले पाँच हजार ४०८ मत ल्याएका छन् ।

उपप्रमुखमा एमाले कै विमलाकुमारी चौलागाईं छ हजार ८२३ मत ल्याई विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी निर्मलाकुमारी चौलागाईंले चार हजार ९४० मत ल्याएकी छन् ।

उक्त नगरपालिकाको– ११ र १२ मा एमालेको पूरै समूह विजयी भएको छ । वडा नं ११ मा एमालेबाट विष्णु धितालले ९४१ मत ल्याई विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विनोदप्रसाद तिवारीले ५०५ मत ल्याएका छन् ।

त्यस्तै वडा नं १२ हर्कबहादुर तामाङले ६५१ मत ल्याई विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महेन्द्रबहादुर लामाले ६१६ मत ल्याएका छन् । रासस

प्रकाशित मिति : ७ जेष्ठ २०७४, आइतबार ००:००