१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्होलासोंथरमा प्रमुख उपप्रमुखमा एमाले विजयी



लमजुङ, क्होलासोंथर गाउँपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

एमालेका प्रेमबहादुर घले तीन हजार १४४ मतका साथ क्होलासोंथर गाउँपालिकाको प्रमुखमा निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रघुनाथ गुरुङलाई एक हजार २४४ मतको अन्तरले हराउँदै घले गाउँपालिका प्रमुखमा निर्वाचित भएका हुन् ।

उपप्रमुखमा तीन हजार ३११ मत ल्याएर एमालेकै कुमारीमुनी गुरुङ निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मनकुमारी गुरुङले एक हजार ५६४ मत ल्याएकी छन् ।

सो गाउँपालिकामा एमालेबाट वडा नं– १ मा पेमा गुरुङ, ३ मा खर्काजङ्ग गुरुङ, ४ मा खिमबहादुर गुरुङ, ५ मा गीतबहादुर गुरुङ, ६ मा मनलाल गुरुङ, ७ मा दिलकुमारी गुरुङ र ९ मा नन्दजङ्ग गुरुङ वडाध्यक्षमा विजयी भएका छन् ।

कांग्रेसबाट वडा नं २ मा वुद्धि गुरुङ र ८ मा राजु गुरुङ वडाध्यक्षमा निर्वाचित भएका छन् । कुल ७ हजार ८७ मतदाता रहेको क्होलासोंथरमा पाँच हजार २५५ मत खसेको थियो ।

लमजुङको बेँसीसहर र सुन्दरबजार नगरपालिकामा एमाले विजयी

त्यसैगरी लमजुङको सदरमुकाम रहेको बेँसीसहर नगरपालिका र सुन्दरबजार नगरपालिकामा एमाले विजयी भएको छ ।

बेँसीसहर नगरपालिकामा नेकपा एमालेका गुमानसिंह अर्यालले सातहजार ६२४ मत ल्याएर विजयी भएका हुन्, उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भेषबहादुर पौडेलले सात हजार ३२७ मत प्राप्त गरेका छन् ।

सो नगरपालिकाको उपप्रमुखमा एमालेकै लक्ष्मी अधिकारीले सात हजार ५७५ मत ल्याई विजयी भएको उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका इन्दिरा तिवारीले छ हजार ९७३ मत प्राप्त गरेकी छन् ।

वडाध्यक्ष पदमा भने एमाले र कांग्रेसले पाँच पाँचवटा वडामा जितेका छन् । निर्णायक बनेको ११ वडामा दुई मतले एमालेका अच्युत बगाले विजयी भएका छन् ।

सुन्दरबजार नगरपालिकामा एमालेका जनक मिश्रले चार ९६९ मत ल्याइ विजयी भएका छन् । उनका निकटनम प्रतिद्वन्द्वी कांग्रेसका बद्रीमान श्रेष्ठले तीन हजार ४८५ मत पाएका छन् ।

उपप्रमुखमा स्वतन्त्र उम्मेदवार द्वारिका मिश्रले दुईहजार ७३० मत ल्याएर कांग्रेसकी ज्ञानु शाहलाई ८४४ मत अन्तरले पराजित गरिन् । एमालेले सुन्दरबजारमा आठ वटा वडामा जितेको छ भने कांग्रेसले तीन वटा वडा जितेको छ ।

मध्यनेपाल नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका रमेशकुमार पाण्डे र उप प्रमुखमा एमालेका राजकुमार श्रेष्ठ विजयी भएका छन् । दोर्दी गाउँपालिका प्रमुखमा माओवादीका ओमबहादुर गुरुङ र उपप्रमुखमा एमालेका डिलबहादुर घले विजयी भएका छन् ।

मर्याङ्दी गाउँपालिका प्रमुखमा एमालेका अर्जुन गुरुङ र उपप्रमुखमा माओवादीका होमबहादुर विश्वकर्मा र दूधपोखरी गाउँपालिका प्रमुखमा कांग्रेसकी छुपीमायाँ गुरुङ र उपप्रमुखमा कांग्रेसकै कमलप्रसाद धिताल विजयी भएका छन् । रासस

प्रकाशित मिति : ५ जेष्ठ २०७४, शुक्रबार ००:००