७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनहरीमा एमाले विजयी



हेटौँडा, मकवानपुरको मनहरी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।

एमालेका एकराज उप्रेतीले चार हजार ६४० मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शङ्कर न्यौपानेले चार हजार ३४९ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा एमालेकी मनिला विष्टले चार हजार ६२१ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी कमला कार्कीले चार हजार १९७ मत प्राप्त गरेकी थिइन् ।

कुल १३ हजार ९७० मत खसेको मनहरीमा चार वडामा एमाले र दुई दुई वडामा नेकपा माओवादी केन्द्र र कांग्रेसले विजय प्राप्त गरेका छन् ।

वडा नम्बर– ९ मा भने स्वतन्त्र उम्मेदवार साधुराम अधिकारी विजयी भएका छन् । १० वटा स्थानीय तहमध्ये नौ वटाको मतगणना सकिएको छ । रासस

प्रकाशित मिति : ५ जेष्ठ २०७४, शुक्रबार ००:००