१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बनेपा नगर प्रमुखमा एमाले विजयी



काभ्रे, काभ्रे जिल्लाको बनेपा नगरपालिकामा प्रमुख र उपप्रमुख पदमा नेकपा एमाले विजयी भएको छ ।

नगरपालिका प्रमुखमा नेकपा एमालेका तर्फबाट लक्ष्मी नरसिंह बादेले एघार हजार ४०९ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रामराज जोशीले नौ हजार ६५९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, नगर उपप्रमुखमा नेकपा एमाले बाट रेखा सापकोटा (दाहाल) ले एघार हजार २ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी निर्मला श्रेष्ठले नौ हजार ९६० मत प्राप्त गरेकी छन् ।

यस्तै, नमोबुद्ध नगरपालिकाको वडा नम्बर ३, ४ र ५ मा नेकपा एमाले को समूह नै विजयी भएको छ भने वडा नम्बर ६ मा कांग्रेस विजयी भएको छ ।

वडा नम्बर ३ मा नेकपा एमालेका रामशरण हुमागाईंले ३८३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गंगा लामाले ३८१ मत पाएका छन् ।

वडा नम्बर ४ मा नेकपा एमालेका उद्वव प्रसाद काफ्लेले ४९२ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद चिमौरियाले ३५७ मत पाएका छन् । वडा नम्बर ५ मा एमालेकै बुद्धसिँह तामाङले ७७६ मत ल्याइ विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकाका सूर्य तामाङले ६५० मत प्राप्त गरेका छन् ।

त्यसैगरी, उक्त नगरपालिकाकै वडा नम्बर ६ मा नेपाली कांग्रेसका कुल प्रसाद न्यौपाने २९० मत ल्याइ विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी टिकाबहादुर केसीले २८६ मत ल्याएका छन् ।

त्यसैगरी धुलिखेल नगरपालिकाको ३ नम्बर वडामा नेकपा एमालेका विनोद पराजुलीले ५८३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी सञ्जय तामाङले २८१ मत पाएका छन् ।

यस्तै, उक्त नगरपालिकाको वडा नम्बर ५ मा नेपाली कांग्रेसका गंगासागर रञ्जितकार ४७५ मत ल्याइ विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले का हरिगोपाल प्रधानांगले ४७३ मत पाउका छन् । रासस

प्रकाशित मिति : ५ जेष्ठ २०७४, शुक्रबार ००:००