५ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उम्मेदवारका आकाङ्क्षीलाई निर्वाचन शिक्षा



५ जेठ धनगढी । यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनको तयारीस्वरुप नेपाली कांग्रेसले पार्टीका उम्मेदवारका आकाङ्क्षीहरूलाई ‘निर्वाचन र नेतृत्व’ विषयक प्रशिक्षण दिन सुरु गरेको छ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा अपेक्षाभन्दा बढी मतपत्र बदर देखिएको अवस्थामा मतदातामाझ मतदाता शिक्षाबारे चेतना अभिवृद्धि गराउने र उम्मेदवारको काम, कर्तव्य, अधिकार, निर्वाचन आचारसंहितालगायत विषयमा प्रशिक्षित गराउन उम्मेदवारका आकाङ्क्षीलाई प्रशिक्षण दिन थालिएको नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाहले बताए

कैलालीमा बिहीबार आयोजित प्रशिक्षणमा निर्वाचन कार्यालयका कर्मचारीले निर्वाचन आचारसंहिता, निर्वाचन कानुन, मतपत्र बदर हुने/नहुने अवस्थालगायत विषयमा स्पष्ट पारेका थिए । सहभागीहरूलाई प्रशिक्षक महेश दाहालले प्रशिक्षण दिइरहेका छन् ।

स्थानीय तहको निर्वाचन पहिलो चरणमा तीनवटा प्रदेशमा वैशाख ३१ गते सम्पन्न भइसकेको छ भने आगामी जेठ ३१ गते बाँकि चारवटा प्रदेशमा हुन लागेको छ । रासस

प्रकाशित मिति : ५ जेष्ठ २०७४, शुक्रबार ००:००