मेलम्ची, मेलम्ची नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका डम्बरबहादुर अर्यालले आठ हजार ६७८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आइतमान तामाङले सात हजार ३३ मत प्राप्त गरेका छन् ।
यस्तै सो नगरपालिकाको नगर उपप्रमुखमा एमालेकै भगवती नेपालले नौ हजार ११७ मत ल्याई विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सविता गुरुङले छ हजार ७३९ मत प्राप्त गरेकी छन् ।
सो नगरपालिकाको वडा नं ११ को वडाध्यक्षमा एमालेका रुद्रप्रसाद दुलालले एक हजार ७४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुदर्शन सापकोटाले ८२४ मत प्राप्त गरेका छन् ।
यस्तै वडा नं १२ को वडाध्यक्षमा एमालेका रामबहादुर तामाङले एक हजार २५४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका शेषबहादुर तामाङले ५३० मत प्राप्त गरेका छन् ।
यसैगरी वडा नं १३ को वडाध्यक्षमा माओवादी केन्द्रका देवेन्द्र घोरसाइने ६४५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विश्वराम दङ्गाल र राप्रपाका जिवननाथ घोरसाइनेले समान ५२९ मत प्राप्त गरेका छन् । रासस
प्रतिक्रिया