१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोकर्णेश्वरमा कांग्रेस र बूढानीलकण्ठमा एमालेको अग्रता



काठमाडौँ, मत गणनाको पछिल्लो परिणामाअनुसार गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेस र बूढानीलकण्ठ नगरपालिकामा नेकपा एमालेको अग्रता रहेको छ ।

गोकर्णेश्वरको १ देखि ५ नं वडासम्मको मतगणना सकिँदा प्रमुखमा कांग्रेसका सन्तोष चालिसेले पाँच हजार २७८ मत प्राप्त गरी अग्रस्थानमा छन् भने एमालेका पुण्यप्रसाद चौलागाईंले चार हजार ४८६ मतका साथ दोस्रो स्थानमा छन् ।

उपप्रमुखमा कांग्रेसकी शान्ति नेपालले पाँच हजार २२९ र एमालेकी शान्ति श्रेष्ठले चार हजार ६३२ मत पाएको नगर निर्वाचन अधिकृत निर्मला शर्मा सुवेदीले जानकारी गराइन् । नगरको वडा नं १, ३ र ५ मा कांग्रेसले वडा अध्यक्ष जितेको छ भने २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी र ४ मा एमालेले वडाध्यक्ष जितेको छ ।

नौवटा वडा रहेको नगरपालिकाको अहिले ६ नं को मतगणना भइरहेको छ ।

यसैगरी बूढानीलकण्ठ नगरपालिकामा १० हजार ३४२ मत गन्दा प्रमुखमा एमालेका उद्धव प्रसाद खरेलले चार हजार १४३ मत ल्याई अग्रस्थानमा छन् । कांग्रेसका राजु श्रेष्ठले दुई हजार ९७० मत पाएका छन् । माओवादीका रवीन अधिकारीले एक हजार ३०४ र राप्रपाका सानुकान्छा श्रेष्ठले ९५५ मत पाएको नगर निर्वाचन अधिकृत सुरेश नेपालले जानकारी दिए ।

उपप्रमुखमा एमालेकी रमादेवी राईले चार हजार ४५९, कांग्रेसकी सुभद्रा खड्काले तीन हजार ६४, माओवादीकी हेमा अधिकारीले एक हजार २४० मत पाएका छन् ।

नगरपालिकाका १३ वडा मध्ये अन्तिमतिरबाट गन्दा हालसम्म १३, १२ र ११ गरी तीनवटा वडा सकी अहिले १० नं वडाको गणना भइरहेको छ । रासस

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार ००:००