१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दक्षिणकालीमा कांग्रेस विजयी



काठमाडौँ, दक्षिणकाली नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका मोहन बस्नेतले चार हजार ६९८ मत ल्याई विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शशी शर्माले चार हजार २६८ मत पाएका छन् । उपप्रमुखमा पनि कांग्रेसकै वसन्ती तामाङ चार हजार ७४९ मत प्राप्त गरी निर्वाचित भएको नगर निर्वाचन अधिकृत प्रतिमा पोखरेलले जानकारी दिइन् । उनका निकटतम प्रतिद्वन्दी एमालेकी मीरा महर्जनले चार हजार ३३० मत ल्याएकी छन् ।

नौवटा वडा रहेको नगरपालिकाको १ नं मा एमाले, २ मा कांग्रेस, ३ मा वडाध्यक्ष एमाले अरू सदस्य कांग्रेस, ४ मा कांग्रेस, ५ मा वडाध्यक्ष कांग्रेस अरू सदस्य एमाले, ६ र ७ मा सबै एमाले, ८ मा एक सदस्य बराबर हुँदा गोलाबाट कांग्रेस र अरू सबै एमाले, ९ मा सबै कांग्रेसका उम्मेदवार निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार ००:००