१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौताराकाे साँगाचोक गढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी विजयी



चौतारा, सिन्धुपाल्चोकको चौतारा, साँगाचोक गढी नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका अमानसिंह तामाङ सात हजार ७२९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सोम सापकोटाले पाँच हजार ८०६ मत प्राप्त गरेका छन् ।

निर्वाचन कार्यालयकाअनुसार उपप्रमुखमा माओवादीकी जानुका पराजुलीले सात हजार ७२२ मत प्राप्त गरी विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी सीता थापाले छ हजार २६८ मत प्राप्त गरेकी छन् ।

सो नगरपालिकामा वडा नं १, ३, ६, १०, १२ र १४ को वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन भने वडा नं ४, ५, ७, ९, ११ र १३ मा माओवादीका उम्मेदवार विजयी भएका छन् । वडा नं २ मा राप्रपा र वडा नं ८ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ । रासस

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार ००:००