१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्याङ्जाको चापाकोटमा कांग्रेस, गल्याङमा एमाले



वालिङ । स्याङ्जाको चापाकोट नगरपालिकामा कांग्रेसका शिवकुमार गिरी मेयर पदमा विजयी भएका छन् । उनले एमालेका बुद्धिमान श्रेष्ठलाई पराजित गरेका हुन् ।

गिरीले ५ हजार ९८९ र उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले ५ हजार आठ मत प्राप्त गर्नुभयो । यसैगरी, उपप्रमुखमा कांग्रेसकै विमला श्रेष्ठ विजयी भएकी छन् । श्रेष्ठले ६ हजार ३५८ मत पाएकी छन् ।

चापाकोट नगरपालिकाको १० वटा वडामध्ये ७ वटामा कांग्रेसको प्यानल नै विजयी भएको छ भने ३ वटामा एमालेले प्यानल नै जितेको छ ।

कांग्रेसबाट वडा नं १ मा टीकाराम तिवारी, २ मा सूर्यबहादुर सेन, ३ मा सुन्दरविक्रम खाँण, ४ मा विक्रम सारु, ५ मा इन्द्रबहादुर शाही, ६ मा एकदेव भट्टराई र ८ मा नवराज श्रेष्ठले जितेका छन् । वडा नं. ७ मा एमालेका रविचन्द्र बस्ताकोटी, ९ मा एमालेका शङ्करभक्त भण्डारी र १० मा एमालेका रामु कोइराला विजयी भएका छन् ।

गल्याङमा एमाले

स्याङ्जाको अर्को नगरपालिका गल्याङमा मेयर र उपमेयर एमालेले जितेको छ । एमालेका भूपराज अधिकारीले ८ हजार ३६४ मत प्राप्त गरि मेयर जितेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लालगोपाल अर्यालले ६ हजार ६२ मत प्राप्त गरेका छन् । एमालेकी देवी थापाले ८ हजार ३१४ मत प्राप्त गरि विजयी भएकी छन् ।

एमालेबाट वडा नं १ मा गणेश बस्याल, २ मा ईवप्रसाद कर्माचार्य, ४ मा एमालेका नेत्रप्रसाद पाण्डे, ६ मा टीकाराम भुसाल, ७ मा रामबहादुर गुरुङ र ११ मा एमालेका शंकरदेव अधिकारीले वडाध्यक्ष पदमा जितेका छन् । यसैगरि ३ नं. वडामा कांग्रेसको महेश भट्टराई, ८ मा कांग्रेसका भेकप्रसाद श्रेष्ठ, ९ मा हरिलाल खनाल र १० मा ध्रुवप्रसाद शर्मा वडा नं. ५ मा भने माओवादीका विष्णुबहादुर क्षेत्रीले वडाध्यक्ष जितेका छन् । रासस

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार ००:००