५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्याग्दीको अन्नपूर्ण गाउँपालिका प्रमुखमा कांग्रेस विजयी



म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका डमबहादुर पुन विजयी भएका छन् ।

पुनले ३ हजार ३२० मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी एमालेका नारायण पुनले ३ हजार १२७ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा कांग्रेसकी केशमाया मगरले ३ हजार २४५ मत ल्याएर विजयी भएकी छन् । उनको प्रतिस्पर्धी एमालेकी दुर्गादेवी पाइजाले ३ हजार १८६ मत पाएकी छन् ।

कूल १० हजार ५१९ मतदाता रहेको अन्नपूर्ण गाउँपालिकामा ७ हजार २२ मत खसेको थियो । अन्नपूर्ण गाउँपालिकाको आठ वटा वडामध्ये चार वटामा कांग्रेस, तीन वटामा एमाले र एक वटामा माओवादी केन्द्रले वडाध्यक्ष जितेका छन् । रासस

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार ००:००