८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धार्चे गापामा कांग्रेस, सहिद लखनमा माओवादी



गोरखा, गोरखाको धार्चे गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार सन्तबहादुर गुरुङ (सन्तोष) र फूलमाया गुरुङ क्रमशः प्रमुख र उपप्रमुख पदमा विजयी भएका छन् । नेकपा एमाले र नयाँ शक्ति नेपाल पार्टीबीच तालमेल भई प्रमुख पदमा लडेका नयाँ शक्तिका लक्ष्मण गुरुङ पराजित भएका छन् ।

प्रमुख पदमा विजयी सन्तबहादुरले एक हजार ७०९ मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी नयाँ शक्तिका लक्ष्मणले एक हजार ६५६ मत प्राप्त गरेका छन् । उपप्रमुखका कांग्रेसकी फूलमायाले एक हजार ५९५ मत ल्याएकी छन् भने नेकपा माओवादी केन्द्रकी आशा गुरुङले एक हजार १२८ मत प्राप्त गरी पराजित भएकी छन् ।

माओबादीले खाता खोल्यो

माओवादी केन्द्रले सहिद लखन गाउँपालिकाको प्रमुख र उपप्रमुखमा जितेर गोरखामा विजयको खाता खोलेको छ । प्रमुखमा रमेश थापाले तीन हजार ८०८ मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कृष्णबहादुर आलेले तीन हजार ४०४ मत प्राप्त गरेका छन् ।

यस्तै, उपप्रमुखमा माओवादी केन्द्रकी इन्दिरा तिवारीले तीन हजार ७९८ मत प्राप्त गरेकी छन् भने निकतटम प्रतिद्वन्द्वी कांग्रेसकी शर्मिला श्रेष्ठले तीनहजार ५७५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसअघि चुमनुब्री, सिरानचोक, अजिरकोट र गण्डकी गाउँपालिकामा कांग्रेसले विजय हासिल गरिसकेको छ । भीमसेन, आरुघाट, सुलिकोट गाउँपालिकामा मत गणना भइरहेको छ । यस्तै, गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा पनि मतगणना भइरहेको छ । रासस

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार ००:००