१३ माघ २०८२, सोमबार | Mon Jan 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेनी नगरपालिकाको प्रमुखमा कांग्रेसका श्रेष्ठ विजयी



बाबियाचौर (म्याग्दी), म्याग्दीको बेनी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका हरिकुमार श्रेष्ठले पाँच हजार ६७९ मत ल्याएर निर्वाचित भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमोद श्रेष्ठले पाँच हजार ६३४ मत प्राप्त गरेका छन् । उपप्रमुखमा तीन हजार ९९५ मत प्राप्त गरेर राप्रपाकी सञ्जु बरुवाल विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपप्रमुखमा माओवादी केन्द्रकी ज्योति लामिछाने पौडेलले तीन हजार ९६१ मत प्राप्त गरेकी छन् । १८ हजार ३४५ मतदाता रहेको बेनी नगरपालिकामा १३ हजार १२८ मत खसेको थियो ।

बेनपाको १० वटा वडामध्ये आठवटाको अध्यक्षमा एमाले, एउटामा कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

एमालेका टेकबहादुर रावल वडा नं १ मा, हिराबहादुर थापा वडा नं २, गोविन्द पौडेल वडा नं ४, लक्ष्मण बानिया वडा नं ५ मा, कृष्णबहादुर बानिया वडा नं ६ मा, राजेन्द्र श्रेष्ठ वडा नं ७ मा, रामकृष्ण बराइली–८ मा, बेलबहादुर चोखाल ९ मा निर्वाचित भएका छन् । बेनपा १० मा कांग्रेसका रिम रोका र ३ मा स्वतन्त्र उमेदवार पदम पुन वडा अध्यक्षमा निर्वाचित भएका छन् । रासस

प्रकाशित मिति : ३ जेष्ठ २०७४, बुधबार ००:००