४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा नेपाली कांग्रेस विजयी



धुलिखेल, काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रेम तिमल्सिनाले ३८६८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेम लामाले २७४१ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा कांग्रेसकै सरिता लामिछाने लामा ले ३८५२  मत प्राप्त गरी विजयी हासिल गरेकी छन् । उनको निकटम प्रतिद्वन्द्वी एमालेकी उन्नती केसीले २८४१ मत प्राप्त गरेकी छन् ।

डाँडापारिको खानीखोला गाउँपालिकाको मतगणना कार्य सम्पन्न भएको जनाए पनि सञ्चारको पहुँच नभएका कारण प्राप्त मत परिणाम आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

रोशी गाउँपालिकाको ५ नं– वडा सिसाखानीमा नेकपा माओवादी केन्द्रको समूह नै विजयी भएका छन् ।

माओवादीका तीर्थबहादुर लामाले २८४ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धावा लामाले २०९ मत प्राप्त गरेका छन् ।

माओवादीको तर्फबाट महिला सदस्य निशा लामा, दलित महिला सदस्य मैया विक, सदस्य लालसिं लामा र सञ्च लमिनी विजयी भएका छन् । रासस

प्रकाशित मिति : ३ जेष्ठ २०७४, बुधबार ००:००