६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँ महानगरपालिका १ मा एमाले विजयी



काठमाडौँ, काठमाडौँ महानगरपालिका– १ को वडाध्यक्षमा नेकपा एमालेका भरतलाल श्रेष्ठ एक हजार ३५ मत ल्याई विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भोला थापाले ६३९ मत प्राप्त गरे । महिला सदस्यमा एमालेकी रसला तण्डुकारले ८९१, दलित महिला सदस्यमा एमालेकै मीना सुनुवारले ७९६ ल्याई विजयी भएका छन् ।

यस्तै खुल्ला सदस्यमा एमालेका अशोक श्रेष्ठले ६५४ र कांग्रेसका राजकुमार श्रेष्ठले ६८१ मत ल्याई विजयी भएका छन् । सो वडामा कुल दुई हजार ३३१ मत खसेको थियो भने ५९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए । रासस

प्रकाशित मिति : ३ जेष्ठ २०७४, बुधबार ००:००