७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतगणनामा सहयोग पुर्याउन आयोगको अनुरोध



काठमाडौँ, निर्वाचन आयोगले सबै राजनीतिक दलका उम्मेदवारलाई संवेदनशील भई मतगणनाको कार्यमा सहयोग पुर्याउन अनुरोध गरेको छ ।

आयोगले एक विज्ञप्ति जारी गरी कतिपय स्थानमा राजनीतिक दल तथा उम्मेदवारको तर्फबाट ससाना र आधारहीन विषयमा समेत अनावश्यक समस्या खडा गरी मतगणना कार्य लम्ब्याउने गरेका सूचना प्राप्त भएको हुँदा मत गणना कार्य छिटो सम्पन्न गर्न आवश्यक सहयोग पुर्याउन आयोगले आग्रह गरेको छ ।

मत गणनाको कार्यमा खटिने निर्वाचन अधिकृत तथा मत गणना टोलीका कर्मचारीलाई पनि मत गणनाको परिणाम छिटो घोषणा गर्नुपर्ने दायित्वलाई मनन गरी सहमतीय आधारमा मत गणना टोली थप गरी जिम्मेवारी पूरा गर्न आयोगले निर्देशन दिएको छ ।

एउटै मतपत्रबाट सातजना पदाधिकारीको निर्वाचनका लागि मतदाताले सात ठाउँमा स्वस्तिक चिन्ह लगाई आफ्नो अभिमत प्रकट गरेका मतपत्रको गणना गर्ने कार्यमा केही बढी समय लाग्नु स्वाभाविकै हो भन्दै आयोगले मतदातालाई आफूले दिएको मतको परिणाम यथाशीघ्र जान्ने चाहना हुने कुरामा आयोग सचेत रहेको प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । रासस

प्रकाशित मिति : ३ जेष्ठ २०७४, बुधबार ००:००