१२ चैत्र २०८०, सोमबार | Mon Mar 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेको १२, कांग्रेस र माओवादी केन्द्र चार चार स्थानमा विजयी



मलेखु धादिङ, स्थानीय तहको निर्वाचको मतगणना कार्य सुरु भएपछि हालसम्म २० वटा वडाको मत परिणाम सार्वजनिक भएको छ ।

प्राप्त परिणामअनुसार एमालेले २० वटा वडा, नेपाली कांग्रेसले चार वटा वडा र माओवादी केन्द्रले चार वटा वडामा विजय हासिल गरेका छन् ।

धुनीबेसी नगरपालिका १ मा चन्द्र लामा, २ मा बलराम कुँवर, थाक्रे गाउँपालिका–२ मा राजकुमार पौडेल, ४ मा गणेशमान वाइबा, गल्छी गाउँपालिका–१ मा पूर्णप्रसाद खतिवडा, गजुरी गाउँपालिका–१ मा राजकुमार पण्डित, २ मा चूडामणि कँडेल, बेनीघाट रोराङ–२ मा टङ्ककुमार थापा, सिद्धलेक गाउँपालिका–१ मा चन्द्रबहादुर सिलवाल, २ मा कम गुरुङ, ज्वालामुखी गाउँपालिका–१ मा रामप्रसाद सिलवाल, रुबीभ्याली गाउँपालिका–१ मा मेन घले एमालेका तर्फबाट विजयी भएका हुन् ।

यसैगरी नेपाली कांग्रेसको तर्फबाट खनियाबास गाउँपालिका–१ मा बुद्धि तामाङ, २ मा छेकबहादुर तामाङ, थाक्रे गाउँपालिका–१ मा इन्द्रबहादुर थापा धुनीबेसी नगरपालिका–३ मा प्रकाश हमाल वडा अध्यक्षमा विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्रको तर्फबाट थाक्रे गाउँपालिका–३ मा अमित घले, बेनीघाट रोराङ गाउँपालिका–१ मा नन्दु तामाङ, नेत्रावती गाउँपालिका–१ मा चन्द्रबहादुर पल्ली र २ मा शिव थापा निर्वाचित भएका छन् ।

एघारवटा गाउँपालिका र दुई नगरपालिकामा मतगणना भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

दुई नगरपालिकामध्ये नीलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार अगाडि छन् भने धुनीबेसीमा एमालेका उम्मेदवार अगाडि छन् ।

मतपरिणम अनुसार सात गाउँपालिकाको प्रमुखमा एमाले अगाडि रहेको छ । माओवादी केन्द्र र नेपाली कांग्रेस दुई दुई स्थानमा अगाडि छन् । रासस

प्रकाशित मिति : २ जेष्ठ २०७४, मंगलबार ००:००