१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोचक बन्दैछ तेमालको राजनीति, एमाले र फोरमको मत बराबर, पुःन मतगणनाको तयारी



स्थानीय खबर संवाददाता

स्थानीय तहको निर्वाचनमा सबैको अनुमानविपरित विजय गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिकले एमालेलाई टक्कर दिएपछि काभ्रे तेमाल गाउँपालिकाको चुनावी राजनीति रोचक बन्न पुगेको छ ।

अधिकांशले एमाले, माओवादी र कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरेका थिए । तर अहिले वडा नं. ३ मा पर्ने साविकको सरमथली गाविसमा वडा अध्यक्षमा एमाले र फोरमको मत परिणाम बराबर भएपछि पुःन गणना गर्न लागिएको छ ।

मत गणनामा संलग्न अधिकारीहरू अनुसार एमाले र फोरमले १५०/१५० मत प्राप्त गरेका थिए । कुल ७ सय मतमध्ये ४ सय ९८ खसेको थियो ।

अधिकांशले एमाले, माओवादी र कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको तेमाल गाउँपालिकामा एमालेले प्रमुख र उपप्रमुखमा भारी मत तथा १ र २ नं. वडामा भारी मतसहित प्यानल नै जितेको छ ।

३ वटा वडाको मत गणना सम्पन्न भईसक्दा पनिमुख्य प्रतिस्पर्धी दलहरू माओवादी र कांग्रेसले टक्कर दिन नसकेको बेला फोरमले टक्कर दिए पछि एमाले वृत्तमा खैलाबैला मच्चिएको छ ।

नोटः यसअघि पोष्ट गरिएको समाचारमा विजय गच्छेदारको फोरम लोकतान्त्रिक हुनु पर्नेमा भुलबस संघीय समाजवादी फोरम उल्लेख हुन गएकोमा सच्यइएको छ । 

प्रकाशित मिति : २ जेष्ठ २०७४, मंगलबार ००:००