६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं ३ः ग्रामीण कृषि सडक सुधारमा ३० करोड



जेठ ४, हेटौँडा । ग्रामीण कृषि सडकको सुधार तथा मर्मतका लागि प्रदेश नं ३ सरकारले चालू आर्थिक वर्षमा ३० करोड विनियोजन गरी कार्यान्वयन प्रक्रियालाई अगाडि बढाएको छ ।

प्रदेश नं ३ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि सडकको विकासका लागि विभिन्न कृषि सहकारी संस्था, कृषक समूह र उपभोक्ता समितिको साझेदारीमा उक्त रकम विनियोजन गरेको हो ।

चालू आवको स्वीकृत बजेट बमोजिम विभिन्न कृषिसँग सम्बन्धित सङ्घ, संस्थासँग सम्झौता गरी योजना कार्यान्वयन गरिएको बताइएको छ । मन्त्रालयका अनुसार नुवाकोटमा आठ, सिन्धुपाल्चोकमा आठ, चितवनमा १२, काभ्रेमा ११, ललितपुर र भक्तपुरमा सात, दोलखामा छ, मकवानपुरमा ११, रामेछापमा छ, सिन्धुलीमा ११ र धादिङमा सात कृषि सडक सुधारका लागि योजना स्वीकृत भएको हो ।

मन्त्रालयका प्रवक्ता निर्मल गदालका अनुसार मन्त्रालयले ग्रामीण कृषि सडक सुधार गर्नुपर्ने स्थानको पहिचान गरी प्रस्तावना पेश गर्न कृषिसँग सम्बन्धित संस्थालाई जानकारी गराएको थियो । जसमध्ये ८७ कृषि संस्थालाई छनोट गरी काम गर्न सम्झौता भएको थियो ।

खासगरी वर्षायाममा कृषि उपज सम्बन्धित बजार क्षेत्रमा ल्याउन नसकेको किसानको मेहेनत खेर जाने भएकाले ग्रामीण कृषि सडकको विकासमा जोड दिइएको प्रवक्ता गदालको भनाइ थियो । प्राप्त जानकारीअनुसार प्रदेश नं ३ का १३ जिल्लामध्ये ११ जिल्लामा ग्रामीण कृषि सडकको विकासमा यो लगानी गरिएको हो ।

अनलाइनमार्फत घटना दर्ता

हेटौँडा उपमहानगरपालिकाले अनलाइनमार्फत घटना दर्ताको कार्य शुरु गरेको छ । उपमहानगरपालिकाको वडा नं ६ को कार्यालयबाट घटना दर्ता अनलाइनबाट सर्वप्रथम शुरु भएको हो । नेपाल सरकार केन्द्रीय पञ्जीकरण विभागको व्यक्तिगत घटना दर्ता सफ्टवेयरको प्रयोग गरी पहिलोपटक हेटौँडा ६, की सविना राईको जन्मदर्ता गराई सेवा प्रदान भएको हो ।

अनलाइन घटना दर्ता प्रणाली शुरुआतसँगै अब व्यक्तिगत विवरण अनलाइनमार्फत हेर्न सकिने र घटना दर्तामा कागजविहीन प्रविधिको उपयोग गरिएको वडाका प्रशासकीय अधिकृत आमोद मैनालीले बताए । मृत्यु, विवाह, जन्म र सम्बन्धविच्छेद लगायतका विभिन्न घटनाको दर्ता अनलाइनमार्फत शुरु भएको हो । “कार्य प्रक्रिया पहिला झन्झटिलो थियो, अहिले सजिलो भएको छ”, मैनालीले भने । रासस

प्रकाशित मिति : ४ जेष्ठ २०७६, शनिबार ००:००