२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं महानगरले सञ्चार रजिष्ट्रारको काम गर्ने, प्रेस पास समेत दिने तयारी



काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चार माध्यमहरूलाई दर्ता, नवीकरण र नियमन गर्न सञ्चार प्रतिष्ठान गठन गर्ने तयारी गरेको छ । महानगरले सञ्चार ऐन जारी गरिसकेको छ भने सूचना तथा सञ्चार विभागका प्रमुख महेश काफ्लेलाई सञ्चार रजिष्ट्रार तोकेको छ । केही दिनभित्रै भृकुटी मण्डपस्थित राष्ट्रिय सभागृह परिसरमा रजिष्ट्रारको कार्यालय स्थापना गर्ने काफ्लेले बताए ।

“रजिष्ट्रारको कार्यालयले दर्ता, नवीकरण, नियमनका साथै प्रेसपास पनि बितरण गर्नेछ,” काफ्लेले भने, “सञ्चार क्षेत्रको बृत्ति र विकासका लागी समानुपातिक विज्ञापन बितरणका साथै क्षमता विकासका थप कार्यक्रमहरू सञ्चालन गर्नेछ ।”
रेडियो, पत्रपात्रिका, टीभी, अनलाइनसहित ठूलासाना सबैखाले सञ्चार माध्यम दर्ता गरिने काफ्लेले जानकारी दिए । साथै महानगरभित्र सञ्चालित सबै सञ्चार माध्यमको अभिलेख पनि राखिनेछ ।

“संविधानले दिएको अधिकार प्रयोग गर्न लागिएको हो । त्यसैले एक सय वाटको एफएमलाई मात्रै अनुमति दिने संघीय कानून अपुरो छ,” काफ्लेले भने, “सबै किसिमका सञ्चार सँस्थाहरूलाई दर्ता, नवीकरण र नियमन गरि हाम्रो अभिलेखमा समेट्दैछौँ ।”
रजिष्ट्रारको अध्यक्ष मिडिया क्षेत्रमा कम्तीमा १० बर्ष काम गरेको विषय बिज्ञ ४ बर्षका लागी खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गरिने व्यवस्था छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार ००:००