१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चार नगरपालिकाको मतगणनाको पछिल्लो परिणाम



काठमाडौं, काठमाडौं उपत्यकाको उत्तरपूर्वी भेगका चार नगरपालिकामा मतगणना जारी छ ।

पछिल्लो मतपरिणामअनुसार गोकर्णेश्वर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका सन्तोष चालिसेले ५७, नेकपा एमालेका पुण्यप्रसाद चौलागार्इंले ४९, माओवादी केन्द्रका टिआर नेपालले २६ र राप्रपाका श्यामकृष्ण श्रेष्ठले एक मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपप्रमुखमा कांग्रेसकी शान्ति नेपाल र एमालेकी शान्ति श्रेष्ठले बराबर ५६ मत पाउनुभएको नगर निर्वाचन अधिकृत विमला शर्मा सुवेदीले जानकारी दिइन् । उपप्रमुखमा माओवादी केन्द्रकी रेनुका कार्कीले २५ र राप्रपाकी अञ्जना श्रेष्ठले पाँच मत प्राप्त गरेकी छन् ।

कागेश्वरी मनोहरा नगरपालिकामा ९०० मतको गणना सकिँदा कांग्रेसका उपेन्द्र कार्कीले ३७२, एमालेका कृष्णहरि थापाले २१५, माओवादी केन्द्रका महेश्वर फुयाँलले १४४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका शम्भु थापाले १५ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपप्रमुखमा कांग्रेसका अनिता अधिकारीले ३६९, एमालेका बिन्दु सिम्खडाले २१५, माओवादीका रुकु रणपालले ११८ र राप्रपाका कुस्मा नगरकोटीले २० मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत प्रकाश कोइरालाले बताए ।

शङ्खरापुर नगरपालिकामा एमालेका सुवर्ण श्रेष्ठले ६६६, माओवादी केन्द्रका कृष्णराज सुवेदीले ४६०, कांग्रेसका शङ्कर तिवारीले ३४२, स्वतन्त्र उम्मेदवार ठाकुरप्रसाद खनालले १३३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका मीजेन्द्रकाजी श्रेष्ठले ६० मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत भुवनेश्वर पौडेलले बताए ।

उपप्रमुखमा एमालेकी शुक्रलक्ष्मी श्रेष्ठ ७१४, माओवादी केन्द्रका इन्द्रकुमारी तामाङ ५१५, नेपाली कांग्रेसका मञ्जु खड्काले २९९ र राप्रपाका बेली तामाङले ७९ मत प्राप्त गपरेका छन् ।

बूढानीलकण्ठ नगरपालिकामा एमालेका उद्धवप्रसाद खरेलले ८७९, नेपाली कांग्रेसका राजुराज श्रेष्ठले ५५५, माओवादी केन्द्रका रवीन अधिकारीले २४८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सानुकान्छा श्रेष्ठले ७२ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपप्रमुखमा एमालेका रमादेवी राईले ८७५, कांग्रेसका सुभद्रा खड्काले ५७१, माओवादी केन्द्रका होमकुमारी दुलालले २७३ र राप्रपाका सावित्रा थापाले ४६ मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत सुरेशप्रसाद नेपालले जानकारी गराए ।

चारैवटा नगरपालिकामा एउटै वडाको पनि मतगणना नसकिएको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : १ जेष्ठ २०७४, सोमबार ००:००