१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टोखामा कांग्रेस अगाडि



काठमाडौँ, स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट प्रमुखका उम्मेदवार हरिहर अधिकारी अग्रस्थानमा रहेका छन् ।

आइतबार साँझदेखि जारी मतगणनामा अधिकारीले चार सय ३९ तथा नेकपा एमालेका प्रकाश अधिकारीले चार सय २८ मत प्राप्त गरेको निर्वाचन अधिकृत दीनबन्धु बरालले जानकारी गराए ।

यसैगरी नेकपा माओवादी केन्द्र की कल्पना शर्माले एक सय १३ मत प्राप्त गरेकी छन् । उनका अनुसार अहिलेसम्म एक हजार दुई सय २३ मत गणना भइसकेकामा ३९ मत बदर भएको छ । अहिले वडा नं १ र २ को मतगणना भइरहेको छ ।

उप्रमुखमा कांग्रेसकी रजनी थापाले तीन सय ६०, एमालेका ज्ञानमाया डङ्गोलले चार सय ४० मत र माओवादी केन्द्रका दीपक बानियाँले एक सय २० मत प्राप्त गरेका छन् । कुल २८ हजार एक सय ७४ मतदाता रहेको सो नगरपालिकामा करिब २२ हजार मत खसेको बताइएको छ ।

उनका अनुसार अब छिट्टै वडा नं ३ को मतगणना गरिने छ । एघार वडा रहेको सो नगरपालिकामा प्रमुख र उपप्रमुखसहित ५७ जना निर्वाचित हुनेछन् । प्रमुखमा १४ र उपप्रमुखमा नौ जनासहित दुई ६१ जनाले उम्मेदवारी दिएका छन् । यसअघि वडा नं २ र ६ मा दलित महिला सदस्यमा कांग्रेसका प्रतिमा हिडमाङ र दिलमाया विक निर्विरोध निर्वाचित भइसकेका छन् । रासस

प्रकाशित मिति : १ जेष्ठ २०७४, सोमबार ००:००