२९ असार २०८३, सोमबार | Tue Jul 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कास्कीका चार गाउँपालिकामा मतगणना सुरु, मादीमा एमाले अगाडि



पोखरा, कास्कीका चारवटै गाउँपालिकामा मतगणना सुरु भएको छ ।

मादी गाउँपालिकामा भने राति ४ बजेबाटै सुरु भएको र सो गाउँपालिकामा एमाले अगाडि भएको निर्वाचन अधिकृत गुरुदत्त ढकालले वताएका छन् ।

अहिलेसम्म एक हजार १८८ मतगणना गरिएकामा अध्यक्ष पदका प्रत्यासी नेकपा एमालेका बेदबहादुर गुरुङले ६५६, नेपाली कांग्रेसका देवीजङ्ग गुरुङले ४७३, माओवादी केन्द्रकी राधा सापकोटाले १७ मत प्राप्त गरेकी छन् ।

सो गाउँपालिकाको वडा नं १ मा नेकपा एमालेले वडाध्यक्षसहित दुई खुल्ला सदस्य, एक एक महिला सदस्य र दलित महिला सदस्यमा विजय हासिल गरेको छ ।

सो गाउँपालिकामा १३ हजार ५५९ मतदाता रहेकामा नौ हजार ८८० मत खसेको थियो ।

जिल्लाका रुपा, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा अहिले सर्वदलीय बैठक सकेर मतगणना सुरु भएको छ । रासस

प्रकाशित मिति : १ जेष्ठ २०७४, सोमबार ००:००