७ श्रावण २०८१, सोमबार | Mon Jul 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं महानगरको मतगणना सुरु, अन्य नगरपालिकाको गणना जारी



काठमाडौं, काठमाडौं महानगरपालिका र अन्य १० नगरपालिकामा अहिले मतगणना भइरहेको छ ।
काठमाडौं महानगरपालिकाको मतगणना बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय सर्वदलीय बैठकले गरेपनि झण्डै १२ बजे मात्रै मतगणना सुरु भएको हो ।

कीर्तिपुर, दक्षिणकाली, चन्द्रागिरी, टोखा, तारकेश्वर, नागार्जुन, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शङ्खरापुर र बूढानीलकण्ठ मतगणना भइरहेको छ ।

पछिल्लो मत परिणाम अनुसार गोकर्णेश्वर नगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसका सन्तोष चालिसे ५७, नेकपा एमालेका पुण्यप्रसाद चौलागाईं ४९, माओवादी केन्द्रका टिआर नेपाल २६ र राप्रपाका श्यामकृष्ण श्रेष्ठले एक मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपप्रमुखमा कांग्रेसका शान्ति नेपाल र एमालेका शान्ति श्रेष्ठले बराबर ५६ मत पाएको नगर निर्वाचन अधिकृत विमला शर्मा सुवेदीले जानकारी दिइन् । उपप्रमुखमा माओवादी केन्द्रका २५ र राप्रपाका पाँच मत रहेको छ । रासस

प्रकाशित मिति : १ जेष्ठ २०७४, सोमबार ००:००