१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साम्दोमा ९८.५९ प्रतिशत मतदान



गोरखा, तिब्बतसँग सिमाना जोडिएको उत्तरी हिमाली गाउँ साम्दो मतदान केन्द्रमा ९८.९९ प्रतिशत मत खसेको छ ।

चुमनुब्री गाउँपालिका वडा नं. १ को उक्त मतदान केन्द्रमा ७१ मतदातामध्ये ७० जनाले मतदान गरेका हुन् । एक मतदाताको भने यसअघि नै मृत्यु भइसकेको थियो ।

स्थानीय शिक्षक निमादोर्जे लामाका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान बिहान ९ बजे सम्पन्न भएको थियो । यस्तै चुमनुब्री गाउँपालिकाको न्याक आधारभूत विद्यालय मतदान केन्द्रमा पनि मतदान सकिएको छ । यहाँ ७३ जना मतदाता थिए ।

एक सय चारवर्षीयद्वारा मतदान

गोरखा नगरपालिका ११ का एक सय चारवर्षीय नन्दबहादुर पौडेलले आज भइरहेको स्थानीय तहको निर्वाचनमा चन्द्रज्योति प्रावि मतदान केन्द्रबाट मतदान गरेका छन् । पौडेल लौरो टेकेर मतदान केन्द्रसम्म आइपुगेको स्थानीयवासी किशोरजङ्व थापाले जानकारी दिए ।

मतदान शान्तिपूर्ण

एघार वटै स्थानीय तहमा शान्तपूर्वक मतदान प्रक्रिया अघि बढिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । छिटपुट घटनाबाहेक शान्तिपूर्ण तवरले मतदान चलिरहेको हो । गोरखा नगरपालिका ७ को नवज्योति मावि डण्डीडाँडा केन्द्रमा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच सामान्य धकेलाधकेल भएको थियो ।

यस्तै गोरखा नगरपालिका ६ स्थित सरस्वती मावि मतदान केन्द्रमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच सामान्य धकेलाधकेल भए पनि मतदान प्रक्रिया निर्बाध रुपमा चलिरहेको छ ।

डा. भट्टराईद्वारा मतदान

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो गृहनगर पालुङटार १ खोप्लाङ बेलबास पुगेर मतदान गरेका छन् । खोप्लाङस्थित अन्नपूर्ण मावि मतदान केन्द्रबाट डा. भट्टराईले मतदान गरेका हुन् ।

यस्तै सोही मतदान केन्द्रबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले पनि मतदान गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले आरुघाट गाउँपालिकामा पुगेर मतदान गरे ।

यस्तै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सिरानचोक गाउँपालिका ८ स्थित परोपकार आदर्श मावि जौवारी केन्द्रबाट मतदान गरेका छन् । महिला मात्रै रहेर वल्र्ल क्यापिटल मावि मतदान केन्द्र सञ्चालन गरिरहेका छन् । अहिलेसम्म शान्तिपूर्वक र सहज तवरले मतदात भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : ३१ बैशाख २०७४, आइतबार ००:००