७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पानीको समस्या टार्दै इच्छाकामना



चैत ८, चितवन । हिउँद लागेसँगै पानीका लागि मुहान खोज्दै भौंतारिनुपर्ने इच्छाकामनाको लेवाटार क्षेत्रका बासिन्दा यसवर्ष भने घरका धारामा नै पानी आउने भएपछि खुशी भएका छन् ।

चैतदेखि असारसम्म उनीहरु त्रिशूली किनारमा झरेर मूल खोज्दै हिँड्नु पर्दथ्यो तर जनप्रतिनिधि आएसँगै उनीहरुले यसवर्षको हिउँदमा पानीका लागि धाउन नपर्ने भएको छ । इच्छाकामना गाउँपालिका–४ लेवाटारमा त्रिशूली नदी किनारमा मुहानलाई संरक्षण गरेर १५ हजार लिटरको ट्याङ्की निर्माण गरिएको छ ।

सोही ट्याङ्कीबाट करीब १५० मिटरमाथि पाइप बिच्छ्याएर १८ हजार लिटरको ट्याङ्कीमा पानी जम्मा गरिँदै आएको छ । लेवाटार केवलकार खानेपानी आयोजनाका अध्यक्ष लीलाबहादुर मगरका अनुसार सो ट्याङ्कीबाट लेवाटारको तल्लो भागमा राखिएको ७० हजार लिटरको ट्याङ्की र रमाइलो डाँडामाथिको २० हजार लिटरको ट्याङ्कीमा पानी जम्मा गर्ने गरिएको छ ।

तीनै दुई ट्याङ्कीबाट लेवाटार, केवलकार र बाबाधामका झण्डै ३०० परिवारलाई पानी वितरण गरिएको उनले बताए । यस वर्षबाट हिउँदको सममया स्थानीयवासीलाई समस्या नहुने मगरले बताए ।

इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता गुरुङले आफू अध्यक्ष भएलगत्तै त्यहाँका जनतालाई पानी पु¥याउन काम गरेको बताए । गाउँपालिका, नेपाल ग्रामीण पुनःनिर्माण संस्था र स्थानीय जनसहभागिता गरी १८ लाख ६७ हजार ५५० मा आयोजना सम्पन्न गरिएको हो । यसअघि नै पानीको ट्याङ्की निर्माण भइसकेको थियो ।

पहिला देखिको खर्च हिसाब गर्दा करीब २७ लाख खर्च भएको अनुमान गरिएको छ । त्रिशूली किनारको पानी ट्याङ्कीभित्र १० हर्षपावरको मोटर जडान गरिएको छ । सो मोटरलाई सोलारबाट सञ्चालन गरिएको छ । पृथ्वी राजमार्ग क्षेत्र भएकाले त्यहाँ रहेका होटल पनि लिफ्ट गरेर पानी तानेसँगै लाभान्वित भएका छन् ।

इच्छाकामना गाउँपालिका ६ को ढुङ्गे र वडा नं १ को ज्यानदालामा पनि यस्तै लिफ्टिङ खानेपानी योजनाको काम अघि बढाएको अध्यक्ष गुरुङले जानकारी दिए । गाउँपालिकाको सबै क्षेत्र पहाडी भएकाले पहिलो प्राथमिकता पानी भएकाले जनतालाई पानी खुवाउने काममा आफू लागिपरेको गुरुङ्ले बताए । रासस

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार ००:००