१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्रीको आग्रह



काठमाडौँ, उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले आइतबार हुने पहिलो चरणको निर्वाचनमा सरकारले भरपर्दो सुरक्षा व्यवस्था मिलाएको हुँदा ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।

शनिबार गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले मतदान गर्न जाँदा कुनै किसिमको अवरोध उत्पन्न हुन नदिनका लागि नेपाली सेना, सशस्त्र प्रहरीबाट पैदल मार्ग र हवाइगस्तीको समेत प्रबन्ध गरिएको जानकारी दिए ।

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रुपमा सम्पन्न गर्नका निमित्त केन्द्रीय तहमा ‘स्थानीय तह निर्वाचन सुरक्षा योजना २०७३/७४’ तयार गरी सो अनुसारको स्थानीय तहका वास्तविकता समेतलाई विश्लेषण गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई समन्वयात्मक र प्रभावकारी रुपमा परिचालन गरिएको गृहमन्त्री निधीले बताए ।

निर्वाचनका लागि नेपाली सेनाबाहेक नेपाल प्रहरी २२ हजार ५७५, सशस्त्र प्रहरी १७ हजार ३५६, राष्ट्रिय अनुसन्धान विभागका ३८३ र म्यादी प्रहरी २२ हजार ६०२ जना खटाइएको उनले जानकारी दिए ।

थप पाँच हजार सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको मन्त्री निधीले बताए । मत खसाल्ने काम सम्पन्न भएपश्चात् मतपेटिकालाई गणनास्थलसम्म सुरक्षित रुपमा ल्याउनका लागि सुरक्षाकर्मीबाट ‘स्कटिङ’को प्रबन्ध मिलाइएको उनले बताए । रासस

प्रकाशित मिति : ३० बैशाख २०७४, शनिबार ००:००