७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतदातालाई निर्वाचनमा सहभागी हुन आग्रह



काठमाडौं । गृहसचिव लोकदर्शन रेग्मीले सरकारका चारवटै सुरक्षा निकाय र निजामति कर्मचारी एक ढिक्का भएर निर्वाचन सफल बनाउन लागिरहेको बताएका छन् ।

रिपोर्टर्स क्लबले राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै रेग्मीले सरकारले निर्वाचनका लागि तीन तहको बलियो घेरामा सुरक्षाको प्रबन्ध मिलाएको जानकारी दिए ।

“गृह प्रशासन गम्भीरताका साथ रातदिन काम गरिरहेको छ,” उनले भने । सुरक्षा व्यवस्था मिलाएकाले सम्पूर्ण मतदातालाई निर्वाचनमा निर्भयताका साथ हुन उनले आग्रह गरे । रेग्मीले निर्वाचनको लागि नै सरकारले मतदान स्थल, मतदान केन्द्रमा पनि विभिन्न क्लष्टर बनाएको जानकारी दिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको मोबाइल टिम र स्ट्राइक टिम खटाइने उनले बताए ।

तीन घेरामा सुरक्षा निकायलाई खटाइने र नेपाली सेनाले स्थलगत निरीक्षण गर्ने तथा अतिसंवेदनशील स्थानमा हेलिकप्टरमार्फत नेपाली सेनालाई खटाउने उहाँको भनाइ थियो । रासस

प्रकाशित मिति : ३० बैशाख २०७४, शनिबार ००:००