५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसबाट प्रमुखका प्रत्यासीको घरमा बम फेला



वालिङ, स्याङ्जाको गल्याङ नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवारको घरमा शुक्रबार बिहानै बम फेला परेको छ ।

गल्याङ प्रहरी चौकीका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेका अनुसार शुक्रबार बिहान प्रमुख पदका उम्मेदवार लालगोपाल अर्यालको घरको बरन्डामा एउटा बम फेला परेको हो ।

प्लास्टिकले बेरिएको अवस्थामा बम देखेपछि घरपरिवारले प्रहरीलाई खबर गरेका थिए । बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले केहीछिन अघि निष्क्रिय पारेको प्रहरी निरीक्षक पाण्डेले बताए ।

प्रमुख पदका उम्मेदारको घरमा बम फेला परेपछि स्थानीयवासी त्रसित भएका छन् भने प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । रासस

प्रकाशित मिति : २९ बैशाख २०७४, शुक्रबार ००:००