३० माघ २०८१, बुधबार | Wed Feb 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन सन्देश सहित राजधानीमा साझा सरर



काठमाडौँ, स्थानीय तहका मतदानको दिन नजिकिँदै गर्दा ‘मेरो मत अमूल्य छ’ भनी लेखिएको निर्वाचनको सन्देश बोकेका साझा बस राजधानीका सडकमा गुड्न थालेका छन् ।

कान्तिपथस्थित निर्वाचन आयोग परिसरमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले साझा बसमा निर्वाचन आयोगको लोगो अङ्कित झन्डा फहराएर आज साझा यातायातमार्फत निर्वाचनको सन्देश प्रचारप्रसार शुभारम्भ गरे ।

साझाका २३ वटा गाडीमा यस्ता स्टिकर टाँसिएको निर्वाचन आयोगले जनाएको छ । गाडीमा टाँसिएका स्टिकरले मतदातालाई आफ्नो अमूल्य मतको महत्व झल्काउनुका साथै मतदानका लागि प्रेरित गर्ने विश्वास गरिएको छ । पछिल्लो समय यात्रुमा साझा बस लोकप्रिय बन्दै गएको छ ।

कार्यक्रमपछि पत्रकारसँग कुराकानी गर्दै प्रमुख आयुक्त डा यादवले पहिलो चरणको निर्वाचनमा खटिएका कर्मचारी बिहिबार बाट सबै मतदान केन्द्रमा पुगिसकेको जानकारी दिए ।

प्रदेश नं ३, ४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तहका छ हजार ६४२ मतदान केन्द्रमा मतदान अधिकृतको टोलीले बिहिबारदेखि शनिबारसम्म मतदाताको परिचयपत्र वितरण गर्ने उनले जानकारी दिए ।

पहिलो चरणको निर्वाचनमा ४९ लाख ५६ हजार ९२५ मतदाता कायम भएको हुँदा निर्वाचन अधिकतले स्थानीयस्तरमा राजनीतिक दलसँग समन्वय गरी मतदानस्थल र मतदान केन्द्रको निर्माणको कार्य पनि सुरु गरिसकेको उनले जानकारी दिए । रासस

प्रकाशित मिति : २८ बैशाख २०७४, बिहिबार ००:००