१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

व्यास नगरपालिकाः फोहर फाल्नेलाई जरिवाना



माघ १०, दमौली । तनहुँको व्यास नगरपालिकाले बजार क्षेत्रभित्र जथाभावी फोहर फाल्नेलाई कारवाही गर्ने भएको छ । स्वच्छ र हराभरा नगरपालिका बनाउने उद्देश्यसहित नगरपालिकाले जथाभावी फोहर फाल्नेलाई कारवाही गर्ने जनाएको हो ।

बजार क्षेत्रमा फोहरजन्य वस्तु र प्लाष्टिकको पोका फाल्नेलाई पाँच हजारसम्म जरिवाना गर्ने नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पहिलो पटक अटेर गरी फोहर फाल्नेलाई पाँच सय, दोस्रो पटक फोहर फाल्नेलाई एक हजार र तेस्रो पटक फोहर फाल्नेलाई पाँच हजार जरिवाना गरिनेछ । प्रवक्ता श्रेष्ठले भने, “फोहरमैला वर्गीकरण नगरी हेलचेक्र्याईँ गरेमा फोहरमैला व्यवस्थापन ऐन २०७४ बमोजिम दण्ड जरिवाना गरिनेछ ।”

कुहिने, नकुहिने र अस्पतालजन्य एवं विषादीयुक्त फोहरलाई छुट्टाछुट्टै राखी निर्धारित मिति र समयमा फोहरमैला सङ्कलनका लागि आउने नगरपालिकाको साधनमा राख्न नगरवासीलाई आग्रह गरिएको छ । नगरपालिकाले कुहिने र नकुहिने फोहर सङ्कलनका लागि दैनिक तालिका बनाएको छ ।

डुम्रे बजारमा सिसी क्यामरा

तनहुँ उद्योग वाणिज्य सङ्घ डुम्रे बजार एकाइले बन्दीपुर गाउँपालिका १ स्थित डुम्रे बजारमा सिसी क्यामरा जडान गरेको छ । बजार क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यसहित एकाइले १२ सिसी क्यामरा जडान गरिएको र थप चार क्यामरा जडान गरिने सचिव राम जोशीले जानकारी दिए ।

बन्दीपुर गाउँपालिका, बैंक तथा वित्तीय सङ्घसंस्था, बजार एकाइ र विभिन्न व्यावसायिक सङ्घ संस्थाको सात लाखको सहयोगमा जडान गरिएको सिसी क्यामराको परिचालन डुम्रे इलाका प्रहरी कार्यालयले गर्नेछ । रासस

प्रकाशित मिति : १० माघ २०७५, बिहिबार ००:००