१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेठ १५ अघि नै दोस्रो चरणको चुनाव गर्नुपर्ने माग



पस्लाङ (गोरखा), नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले संविधान अनुसार आगामी जेठ १५ गते नै बजेट ल्याउनुपर्ने र त्यसअघि स्थानीय तहको दोस्रो चरणको निर्वाचन गराउनुपर्ने बताएका छन् ।

मतदातासंग मत माग्न गोरखा नगरपालिकाको पस्लाङ पुगेका डा. भट्टराईले मंगलबार पत्रकारसंग कुरा गर्दै भागबन्डाको राजनीतिले गर्दा देश भाँडभैलोतर्फ गएको र लोकतन्त्रलाई तहसनहस पार्ने काम भइरहेको आरोप लगाए ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष बनाउनुपर्नेमा सरकार र सरकारमा रहेका दल नै गुण्डागर्दी र अपराधीकरणमा उत्रेको दोषारोपण पनि उनले गरे ।

अर्को प्रसङ्गमा उनले उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि एकीकरणबारे छलफल हुने जानकारी दिए । रासस

प्रकाशित मिति : २६ बैशाख २०७४, मंगलबार ००:००