१० चैत्र २०८०, शनिबार | Sun Mar 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सञ्चार माध्यममा २५ वटा आचारसंहिता उलङ्घनका घटना



काठमाडौं, प्रेस काउन्सिल नेपालले स्थानीय निर्वाचनका सन्दर्भमा गरेको सञ्चार अनुगमनमा एक सातामा दुई दर्जन आचारसंहिता उलङ्घनका घटना पहिल्याएको छ ।

निर्वाचन आयोगको सहकार्यमा यही वैशाख १९ गतेबाट व्यवस्थितरुपमा काउन्सिलले सुरु गरेको सञ्चार अनुगमनमा विभिन्न छापा, रेडियो, टेलिभिजन र मुख्य अनलाइनमा गरी २५ वटा आचारसंहिता उल्लंघनका समाचार पाइएको हो ।

काउन्सिलले आफ्ना नियमित नौ कर्मचारी र नयाँ १२ जना गरी कुल २१ जनशक्ति परिचालन गरी सो अनुगमन गरेको हो । राजधानी काठमाडौँबाट प्रकाशित हुने मुख्य पत्रपत्रिकाका साथै पहिलो चरणमा निर्वाचन हुने प्रदेशका सञ्चार माध्यमलाई पनि अनुगमनमा राखिएको छ ।

काउन्सिलका निमित्त अध्यक्ष किशोर श्रेष्ठले व्यावसायिक र सन्तुलित समाचार भए नभएको र आयोगले जारी गरेको आचारसंहिता उलङ्घन भए नभएको सम्बन्धमा काउन्सिलले गुणात्मक र संख्यात्मक दृष्टिमा नमूना सर्वेक्षण विधिबाट अनुगमन गरिरहेको बताए ।

काउन्सिलका मुख्य प्रशासकीय अधिकृत झविन्द्र भुसालका अनुसार ती घटनाबारे आयोगलाई प्रतिवेदन पठाइएको र त्यसलाई चाँडै सार्वजनिक पनि गरिनेछ । भुसालले कोडिङसहित सफ्टवेयर प्रणालीबाट तयार हुने प्रतिवेदनबारे आयोगलाई दैनिक जानकारी दिइने बताए । सञ्चार अनुगमनका लागि आयोगले काउन्सिललाई रु ३० लाख दिने सम्झौता गरेको छ । रासस

प्रकाशित मिति : २५ बैशाख २०७४, सोमबार ००:००