१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरा महानगरले अव्यस्थित तार व्यवस्थित गर्ने



मङ्सिर २६, चिप्लेढुङ्गा । पोखरा महानगरले अव्यवस्थित बिजुली, इन्टरनेट एवं केबुलका तारलाई व्यवस्थित गर्ने भएको छ । पोखरा सुन्दरतामा बाधक बनिरहेको अव्यवस्थित तारहरुलाई मङ्सिर २७ गते बिपी चोकबाट तार व्यवस्थित गर्ने अभियान शुरु गरिने महानगरका प्रमुख मानबहादुर जिसीले जानकारी दिए ।

पर्यटकीय शहर पोखराका सडकमा रहेका बिजुली, केबुल, टेलिफोन र इन्टरनेटका अव्यवस्थित तारका कारण शहरको सुन्दरतामा ह्रास आउनुका साथै विभिन्न समयमा दुर्घटना समेत निम्तिएको छ ।

चैत ९ गते बसको छतमा राखेर ल्याइएको हाते ट्र्याक्टर पोखरा महानगरको अमरसिंह चोकको बिजुलीको तारमा ट्र्याक्टर झुन्डिएको थियो । गत वर्ष साउन २६ गते रानीपौवामा बिजुलीको तार एक्कासि चुँडिएर सडकमा खस्दा गुडिरहेको मोटरसाइकलमा सवार एक युवाको ज्यान गएको थियो । अव्यवस्थित बिजुलीका तारका कारण आगलागीसमेत हुँदै आएको छ ।

महानगरले नेपाल विद्युत् प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संस्था, नेपाल टेलिकम, केबल व्यवसायी लगायतका संस्थालाई बोलाएर तार व्यवस्थापनमा सहयोग गर्न आग्रह गर्दै महानगरले सूचना प्रकाशित गरेको थियो । सूचनापश्चात् नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिरण, एनसेलसहित इन्टरनेट प्रदायक संस्थासँगको बैठक बसी व्यवस्थापन सहजीकरण समिति गठन गरेको छ ।

पोखरा महानगरका प्रमुख मानबहादुर जिसी, महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलसहित बसेको बैठकले महानगरका उपसचिव तथा सूचना अधिकारी गङ्गालाल सुवेदीको संयोजकत्वमा तार व्यवस्थपान सहजीकरण समिति गठन गरेको छ ।

नेपाल टेलिकमले प्राविधिक सहयोगमा तार व्यवस्थापन हुनेछ । तार व्यवस्थापन गर्ने क्रममा सम्बन्धित निकाय सबै उपस्थित हुने निर्णय भएको र जस्को तार टाँगिएको छ उस्ले आफैँ व्यवस्थापन गर्ने सहमति भएको महानगरका प्रमुख प्रशासकीय अधिृकत शेषनारायण बताउछन् । रासस

प्रकाशित मिति : २६ मंसिर २०७५, बुधबार ००:००