१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई पाँच हजार



 

मङ्सिर २१, हिलिहाङ । पाँचथरको फिदिम नगरपालिका वडा नं ९ लुम्फाबुङका ८० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई नगरपालिकाले उपचारका लागि रकम प्रदान गरेको छ ।

नगरप्रमुख ओनाहाङ नेम्वाङले ज्येष्ठ नागरिकलाई पाँच हजारका दरले ३७ जनालाई सो रकम विहिबार प्रदान गर्दै यस्तो सहयोग निरन्तर हुने बताए । दीर्घरोगी अन्तर्गत मिर्गौला, मुटु र क्यान्सर रोगीलाई १० देखि २० हजार रुपैयासम्म नगरपालिकाले उपलब्ध गराइरहेको छ । रकम पाएपछि ज्येष्ठ नागरिक हर्षित भएको वडासचिव विनय रम्तेलले बताए ।

अहिलेसम्म नगरपालिका कार्यालयमै आएका ८० वर्ष पार गरेका ९० ज्येष्ठ नागरिकलाई पनि औषधोपचार खर्च प्रदान गरिसकिएको छ । चिसोबाट बच्न मानव अधिकार एकल महिला समूहले ७८ एकल महिलालाई ब्ल्याङ्केट र प्रमाणपत्र वितरण गरेको समूहका अध्यक्ष सरस्वती रिजालले बताइन् ।

फिदिम ९ का वडाध्यक्ष बालकृष्ण लावतीले ज्येष्ठ नागरिकको हकहित, विकास र समृद्धिको क्षेत्रमा काम गर्दै जाने बताए । वडासदस्य गङ्गा राईले वडाका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलितलाई प्राथामिकतामा राखेर काम गर्दै आएको बताए ।
रासस

प्रकाशित मिति : २१ मंसिर २०७५, शुक्रबार ००:००